विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अत्यावश्यक हुने गर्दछ । कोभिड १९ को संक्रमण रोकथामको लागी गरिएको बन्दाबन्दी, निशेधाज्ञाका कारणले मुलुकभर यतिबेला रगतको चरम अभाव भएको छ । रगतको यो अभावलाई केहि हद सम्म कम गर्ने उद्देश्यले भद्रकाली युवा क्लबले वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संविधान दिवसको अवसर पारेर क्लबले यहि असोज ०३ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रत्ननगर नगरपालिकाका मेयर नारायण बन, विशिष्ट अतिथिको रुपमा नेपाल रेडक्रस सोसाईटी, चितवन जिल्ला शाखा सभापति ज्ञानशाली न्यौपाने र रनपा-१६ वडाध्यक्ष हेमराज थापा उपस्थित हुनुहुन्थ्यो । यस्तै अतिथिको रुपमा भद्रकाली मा. वि का प्रधानाध्यापक तिलक कुँवर, पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष आशिष तामांग, भद्रकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देव बहादुर राना, भद्रकाली दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष युवराज थापा, पिठुवा लायन्स क्लबका अध्यक्ष विष्णु प्रसाद अधिकारी लगायत उपस्थित हुनुहुन्थ्यो ।

रगतको चरम अभावको समाचारहरु आइरहेको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत सामाजिक संघसंस्थाहरुलाई सुरक्षित तरिकाले रक्तदान कार्यक्रम आयोजना गर्न गरेको आग्रह अनुरुप कोभिड १९ को संक्रमणको यो जोखिमको बेलामा पनि रक्तदान कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष निराजन घिमिरेले बताउनुभयो । कार्यक्रममा ५८ जना रक्तादाताले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा महिला रक्तदाताहरुको पनि उल्लेख्य सहभागिता रहेको क्लबका उपाध्यक्ष बद्रि लामिछानेले जानकारी दिए ।  रक्तदान कार्यक्रमको मिडिया पार्टनरको रुपमा उज्यालो नेपाल एडभरटाइजिङ एण्ड ब्रोडकाष्टिङ प्रा लि. संग सहकार्य रहेको थियो ।

 

Leave A Reply

Please enter your comment!
Please enter your name here