चितवन- चितवनको रत्ननगर १६ मा रहेको भद्रकाली युवा क्लबको प्रथम साधारण सभा तथा अधिवेसन सम्पन्न भएको छ । रत्ननगर १६ कै भद्रकाली मन्दिर परिसरमा क्लबका अध्यक्ष निराजन घिमिरेको अध्यक्षतामा आयोजित सभाको प्रमुख अतिथि समेत रहेका रत्ननगर १६ का वडाध्यक्ष हेमराज थापाले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो । क्लबकी कोषाध्यक्ष पुनम कार्कीले आगन्तुकहरुलाई स्वागत् मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सभामा क्लबका सचिव विशाल बि.क ले संस्थाको गत आर्थिक वर्ष ०७७÷०७८को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा संस्थाले आगामी दिनमा निशुल्क आँखा शिविर, संस्थाको वार्षिक उत्सवको दिनमा रक्तदान कार्यक्रम, सरसफाई सम्बन्धी सचेतना कार्यक्रम, लागु औषध विरुद्ध अभियान, ज्येष्ठ नागरिकलाई सम्मान लगायत कार्यक्रमहरु सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
२०७७ सालको असोज देखिनै अस्तित्वमा आएपनि ०७७ सालको चैतमा मात्र क्लब विधिवत रुपमा दर्ता भएको थियो । संस्थाको विधान अनुसार दर्ता भएको ६ महिना (असोज) भित्रैमा सम्प्पन्न गर्नुपर्ने साधारण सभा कोरोना लगायत विविध कारणले धकेलिएर पुषमा आईपुगेको क्लबका अध्यक्ष निराजन घिमिरेले बताए ।
क्लबले भद्रकाली मन्दिरमा नित्य पुजा र सेवा, संरक्षण गर्दै आउनुभएका तिन जनालाई नगद सहित सम्मान गरेको छ । सम्मानित हुनेहरुमा लिला बहादुर बुढाथोकी, भगवती बुढाथोकी र टिकादेवी लामिछाने हुनुहुन्छ । त्यस्तै क्लबलाई विभिन्न समयमा आर्थिक लगायत अन्य सहयोग गर्ने ४० जना सहयोग दाताहरुलाई पनि सम्मान गरिएको छ । क्लबले भाग लिएका विभिन्न खेलकुद गतिविधिहरुमा खेलको माध्यम बाट क्लबको नाम उच्च राख्न सहयोग गर्ने १२ जना खेलाडी, टिम कोच लगायतलाई पनि खादा र सम्मानपत्रले सम्मानित गरिएको छ ।
त्यसैगरी क्लबको आधिकारिक वेवसाईट संचालनको लागी ३ वर्ष सम्म निशुल्क होस्टिंग उपलब्ध गराउने गुर्खा होस्टका प्रोप्राईटर राजाराम नेपाललाई पनि सम्मानित गरिएको छ । मिलचोक, नगरचोक र भद्रकाली चोकमा राखिएको दिशानिर्देश बोर्डहरु राख्न सहयोग गर्ने क्लबका सदस्य सुजन नेपाललाई पनि सम्मान गरिएको छ । त्यस्तै भद्रकाली मन्दिरको संरक्षण, सरसफाई र रेखदेखमा महत्वपूर्ण भूमिका खेल्ने स्थानीय युवा राजु सारु मगरलाई पनि सम्मानित गरिएको छ ।
निर्धारित समय भन्दा केहि ढिला गरि सुरुभएको सभामा शुभकामना मन्तव्य राख्दै सातकन्या सामुदायिक बन उपभोक्ता समितिका कोषाध्यक्ष बुद्धिमान तामांगले क्लबले आफ्नो क्षेत्रलाई फैलाएर अझ धेरै युवाहरुलाई समेट्न सके अझ धेरै राम्रो हुने सुझाव दिनुभयो । त्यस्तै पिठुवा लायन्स क्लबकी तृतीय उपाध्यक्ष संगीता खड्काले मासिक बचत कार्यक्रम पनि सुरु गर्न सुझाव दिनुभयो । शुभकामना मन्तव्य राक्दै प्रमुख अतिथि हेमराज थापाले युवाहरुको गरेक पाईलामा काँधमा काँध मिलाउन वडा कार्यालय तयार रहेको प्रतिबध्दता व्यक्त गर्नुभयो ।
अधिवेसनले क्लबको अध्यक्षमा निराजन घिमिरेलाई नै निरन्तरता दिने निर्णय गरेको छ । त्यसैगरी क्लबको उपाध्यक्षमा बद्रि लामिछाने, सचिबमा विक्रम पौडेल, सह-सचिवमा लेखराज देवकोटा, कोषाध्यक्ष्यमा रमेश कुँवर र सदस्यहरुमा सानु डल्लाकोटी, प्रकाश पनेरु, दिलनाथ न्यौपाने र सबिन लम्साललाई निर्विरोध चयन गरिएको छ । कार्यक्रम क्लबका सदस्य अनुप बुढाथोकीले संचालन गर्नुभएको थियो ।