राज्यको भविष्य निर्माणसँग जोडिएर रहेको युवाहरु समाजको महत्वपूर्ण भूमिकामा रहने भएकोले विज्ञान र प्रविधिको विकासले फडको मारेको संसारको आजको स्थितीमा समाजको युवाहरुमा रहेको अन्तरनिहित चेतनाको माध्यमबाट समाज रुपान्तरणको महत्वपूर्ण भूमिकालाई
ख्याल गर्दै, बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहु सांस्कृतिक देश नेपालका हामी युवाहरुको हकहित तथा अधिकारको संरक्षण र संवद्र्धन गर्दै नेपालका सम्पूर्ण भाषा, साहित्य, धर्म, कला, संस्कृतिको संरक्षण, प्रवद्र्धन, विकासको निमित्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा युवाहरुबीचको भावनात्मक एकता र पारसुपारिक सदभाव, समन्वय, सहयोग तथा मैत्रीपूर्ण साझेदारीता र समझदारी कायम राखी शिक्षा, रोजगारी, खेलकुद, सिप विकास, क्षमता अभिवृद्धि जस्ता क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने महान उद्देश्यका साथ स्थानिय जनप्रतिनिधि, बुद्धिजिवि, यूवा, महिला, ब्यवसायी तथा नागरिक समाज समेतको सहमति छलफलबाट एक सामाजिक संस्था गठन गर्ने निर्णय गरे अनुरुप “भद्रकाली युवा क्लब” को गठन गरिएको हो !
Home हाम्रो बारेमा